इलाम–२ मा राप्रपाले टुंग्यायो उम्मेदवार

लोकपथ
351
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाएको छ ।

आज बसेको राप्रपा संसदीय दलको बैठकले राप्रपाका नेता लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी राप्रपा निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष हुन् ।

त्यसो त यसअघि नै नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

अन्य दलहरुले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

आगामी वैखाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ ।

यसअघि पटकपटक सो क्षेत्रबाट निर्वाचित हुँदै आएका सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएसँगै सो क्षेत्र खाली रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?