सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मा

लोकपथ
117
Shares

धनगढी । सुदूरपश्चिममा नागरीक उनमुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले सामाजिक विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यसअघि विना विभागीय मन्त्रीको शपथ लिएका चौधरीलाई बिहीबार जिम्मेवारी दिएपछि उनले पदभार ग्रहण गरेका छन् ।

नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका मन्त्रीहरूसँग छलफल गरी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तायारी गरेका थिए ।

नाउपाका अर्का मन्त्री खुसीराम चौधरीको भने जिम्मेवारी तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?