जिप दुर्घटनामा दुई जनाको मृत्यु

लोकपथ
221
Shares


मुगु । जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सोरु गाउँपालिका-८ कचियास्थित क.प्र.०२-००१ ज.००५९ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-७ बस्ने २२ वर्षीय कबिराज नेपाली र जिपमा सवार सोही गाउँपालिका-२ जरेपानी बस्ने २६ वर्षीया कुशुम नेपालीको घटनास्थलमै मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल गमगढी र १ जनाको थप उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?