आईपिएल : ३८ छक्कासहित कुल ५२३ रन बनेको खेलमा हैदरावादसँग मुम्बई ३१ रनले पराजित

लोकपथ
533
Shares

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबारको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो दुई ७७ रनको योगफल बनाएको छ ।

रोयल च्यालेञ्जर्स बैंलुरुले सन् २०१३ मा बनाएको दुई सय ६३ रनको सर्वाधिक ठुलो गोगफल भंग गर्दै नयाँ इतिहास बनाएको छ ।राजीव गान्धी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा दुई सय ७७ बनायो ।

दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय ४६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक बर्माले अर्धशतक ६४ रन बनाए । इशन किसनले ३४ रन, रोहित शर्माले २६ रनको योगदान दिए । टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे।हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको हैदरवादका लागि हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए । त्यस्तै, एडन मारक्रमले ४२ रन, अभिषेक शर्माले ६२ रन बनको योगदान दिए ।

मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले १–१ विकेट लिएका थिए ।छक्का र चौकाको वर्षा भएको खेलमा ३८ छक्कासहित कुल ५२३ रन बने ।जारी आइपीएलमा हैदरवादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो ।

चेन्नाई लगातार दुई खेल जित्दै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । राजस्थान, हैदरावाद, कोलकाता, पञ्जाव, बेंग्लुरु र गुजरातले समान दुई दुई अंक जोडेका छन् । अहिलेसम्म दिल्ली, मुम्बई र लखनऊले जित निकाल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?