मर्यादित र शान्त एसईई (तस्बिरसहित)

लोकपथ
91
Shares

काठमाडौं । यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आउँदो २७ गते सम्म हुने परिक्षाको पहिलो दिन आज बिहान ८ बजेदेखि सुरु भएको हो । अहिले अनिवार्य अंग्रेजीको परीक्षा सम्पन्न भएको छ ।

परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षा सञ्चालनका लागि देशभर ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।

परीक्षा शान्त र मर्यादित ढंगबाट भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?