यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
546
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागी विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेको छ जवकि हिजो डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ।

त्यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?