थाइल्याण्डमा समलिङ्गी विवाहलाई वैधानिकता दिने विधेयक पारित

लोकपथ
26
Shares

काठमाडौं । थाइल्याण्डमा समलिङ्गी विवाहलाई वैधानिकता दिने विधेयक पारित भएको छ । देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको हो ।

यो सँगै थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ ।

यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ । सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ। यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्ने भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?