रविको आलोचनापछि रास्वपाले स्पष्टीकरण सोध्यो, रमेश खरेलले बुझाए राजीनामा

लोकपथ
2k
Shares

काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गर्दै राजीनामा बुझाएका छन् ।

खरेलले आजै (बुधबार) बाट लागू हुने गरी पार्टी कार्यालयमा राजीनामा बुझाएका हुन् ।

केही दिन अघि खरेलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै आलोचना गरे्का थिए । पार्टीभित्रै बसेर पार्टीको नीति विरुद्ध गएको भन्दै रास्वपाको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण भन्दा पनि उनले राजीनामा नै बुझाएका हुन् । उनले आफूले सोच विचार गरेर पार्टीबाट अलग हुने निर्णय गरेको भन्दै अंग्रेजीमा लेखेर राजीनामा रास्वपा कार्यालयमा पठाएका हुन् ।

गत वैशाख १० मा भएको उपनिर्वाचनमा खरेल बारा क्षेत्र नं २ मा रास्वपाबाट उम्मेवार बनेका थिए । तर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग खरेल पराजित भएका थिए ।

त्यसअघि २०७९ मंसिरमा भएको निर्वाचनमा खरेल सुशासन पार्टीबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिष्पर्धा गरेका थिए तर पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?