‘सामाजिक रुपान्तरणमा भूमिका खेल्नेलाई सम्मान गरौं’

लोकपथ
52
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले मुलुकमा सामाजिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्नेहरुको हक अधिकार सुरक्षित हुने वातावरण बन्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित बिरिसु मिडिया प्रालिको दास्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले विभिन्न विधा र क्षेत्रमा सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्नेलाई सम्मन पाउने अवस्था सिर्जना गर्नुपर्ने भनाइ राखे । उनीहरुलाई राज्यले सम्मान गरी आफ्नो कार्यमा निरन्तर अगाडि बढ्न प्रेरणा दिनुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको प्राप्तिपछि हामीले विभिन्न विधा र क्षेत्रका जसले सिंगो सामाजिक रुपान्तरण निमित्त सकारात्मक भूमिका निर्वाह गर्नुभएको छ, उहाँलाई सम्मान दिनुपर्छ । आफ्नो कार्य प्रगतिको निमित्त निरन्तर रुपमा अगाडि बढ्का लागि प्रेरणा दिनुपर्छ ।’

यसका लागि सरकारले अगुवाइ गर्न जरुरी रहेको उनले बताए । ‘सम्भव भएसम्म राज्यले उहाँहरुको हक हित र अधिकारको निमित्त सुरक्षित वातावरण सृजना गर्नुपर्छ र अविभाकत्व ग्रहण गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?