सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

लोकपथ
598
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ ।


आज कैलालीको टिकापुरमा बसेको बैठकले सुदूरपश्चिमको नयाँ गठबन्धनलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


पार्टी अध्यक्ष एवं सांसद रञ्जिता चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका संस्थापक सदस्य तथा सांसदहरुको उपस्थिती रहेको थियो ।


सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने निर्णयसँगै गठबन्धनसँग वार्ता गर्ने र यसअघिको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत भएको हो ।


पार्टीको निर्णयका विषयमा ठूलो विवाद चर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?