सांसद श्रेष्ठको प्रश्न : दुर्गा प्रसाईंको मान्छेलाई हतियार बोक्न कसले दियो लाइसेन्स ?

लोकपथ
260
Shares

काठमाडौं । नेकपा एमालको सांसद कृष्णगोपाल श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षाकर्मीलाई हतियार बोक्ने लाइसेन्स कसले दियो भन्दै प्रश्न गरेका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका सांसद श्रेष्ठले अदालत जस्तो संवेदनशील क्षेत्रमा समेत हतियार बोकेर हिँड्न कसले छुट दियो भन्दै गृहमन्त्रीसँग जवाफ माग गरेका छन् ।

‘लाइसेन्स प्राप्त हतियार लाज पनि छैन । लाइसेन्स प्राप्त हतियार भए त्यो लाइसेन्स कसले दिएको ? त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो ? त्यो लाइसेन्स राम्रोसँग चेक गर्नुपर्यो, दिने मान्छे को हो ? कुन ठाउँबाट दियो ? अनि त्यही हतियारको लाइसेन्स दिएको हो की होइन ?’ उनले भने ।

सामान्य मान्छेहरुले पनि आफ्नो सुरक्षामा लागि लाइसेन्स लिन पाउन भए पनि त्यही प्रकृतीको लाइसेन्स अनुसारको हतियार हो की होइन भन्दै प्रश्न गरे ।

विभिन्न देशमा हतियार लिएर हिँड्ने व्यक्तिहरुले दुर्घटना घटाएको भन्दै सर्वोच्च अदालत जस्तो संवेदनशील क्षेत्रमा हतियार बोकेर अमुक व्यक्ति हिँड्दै गर्दा गृह प्रशासन दर्शक जस्तो बनेर हिँडेको भन्दै कटाक्ष गरे ।

लाइसेन्स प्राप्त व्यक्तिहरुको हतियारको बारेमा छानबिन गर्न समेत उनले आग्रह गरे ।
केही दिन अघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सुरक्षामा खटिएका व्यक्ति हतियारसहित सर्वोच्च परिसरबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?