आईपिएल : चेन्नाईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

लोकपथ
364
Shares
Matheesha Pathirana of Chennai Superkings celebrating the wicket of B. Sai Sudharsan of Gujarat Titans during match 6 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Punjab Kings held at the M.Chinnaswamy Stadium, Bengaluru on the 25th March 2024. Photo by Saikat Das / Sportzpics for IPL

काठमाडौं । साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।बुधबार भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नाईले दोस्रो जित निकालेको हो ।

२०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि साई सुदर्शनकक ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो । यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए ।

चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १–१ विकेट लिए ।त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो ।

चेन्नाईका लागि शिभम दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले । रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए । गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?