१९ मङ्सिर २०७९, सोमवार

बेलायती नागरिकको नाममा फेसबुक खाता खोलेर यस्तो धन्दा 

२०७४,कार्तिक,१२,आईतवार १५:५०

0
Shares

काठमाडौँ, १२ कात्तिक – वित्तीय उपकरण जारी गरी अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को खरिद–बिक्री गरी विदेशी विनिमयसमेत कारोबार गर्ने बिट सेवा प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिटसेवा प्रालिका अध्यक्ष कास्की, पोखराका राम ढकाल र प्रालिका कार्यकारी निर्देशक काठमाडौँ, असनका पुरुषोत्तम धर तुलाधरलाई पक्राउ गरेको हो नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुने गरी नेपाल राष्ट्र बैंकसँग कुनै इजाजत नै नलिई उनीहरुले अनलाइन प्रविधिको व्यापार–व्यवसाय, सूचना सम्प्रेषण एवं सफ्टवेयर विकास गर्ने प्रयोजनका लागि भनी प्रालिको नाममा वेबसाइट खोलेको प्रहरीले जनाएको छ उनीहरुले अनलाइन र फेसबुक पेज खोली सोमार्फत निश्चित प्रतिशत कमिसन लिई अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को कारोबार गर्ने गरेका थिए । पक्राउ परेकाबारे नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भइरहेको छ यसैगरी विदेशबाट सामान आएको भनी विभिन्न व्यक्तिलाई रु एक करोडभन्दा बढी ठगी गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डीमार्फत भारतमा रकम पठाउने कार्यमा संलग्न भारतको उत्तर प्रदेश, गोरखपुर घर भई हाल काठमाडौँ डिल्लीबजार बस्ने प्रदीपकुमार अग्रवाललाई आज पक्राउ गरेको हो बेलायती नागरिकको नाममा फेसबुक खाता खोली बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर पठाएको तर भारतको राजश्व कार्यालयमा सामान रोकिएको भन्दै सो सामान छुटाउन भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेका ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार

काठमाडौं । काठमाडौंका नाइट क्लब तथा होटल रेस्टुरेन्ट सञ्चालनको समयसीमा हेरफेर भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम

काठमाडौं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८