‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रिलिज, अक्षय-टाइगरको एक्शनले मच्चायो हलचल

लोकपथ
247
Shares

काठमाडौं । अहिले बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ निकै चर्चामा छ । चलचित्रको टिजर र गीत सार्वजनिक भएसँगै यो चलचित्रलाई लिएर दर्शकमा निकै उत्साह छ । दर्शकको उत्साहलाई ध्यानमा राख्दै निर्माण पक्षले आज ‘बडे मियाँ छोटे मियाँ’को धमाकेदार ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको ट्रेलर निकै रोचक छ । जसमा अक्षय–टाइगर जबरदस्त एक्सन अवतारमा देखिएका छन् ।

‘बडे मियाँ छोटे मियाँ’ को निर्माण पक्षले आज फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा अक्षय कुमार र टाइगर श्राफ फरक स्तरको स्टन्ट गर्दै देखिएका छन्।

फिल्ममा अक्षय कुमारका अलावा टाइगर श्राफ, आलिया एफ र मानुषी छिल्लर, पृथ्वीराज सुकुमारन, सोनाक्षी सिन्हा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मलाई अली अब्बास जफरले लेखन तथा निर्देशन गरेका हुन् । यसका निर्माता वासु भगनानी, दीपशिखा देशमुख, ज्याकी भगनानी, हिमांशु किशन मेहरा र अली अब्बास जफर हुन्। चलचित्र १० अप्रिल २०२४ मा ईदको अवसरमा पर्दामा रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?