राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भरतपुर महानगरपालिकाको सम्मान

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।

मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमकाबीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो ।

फागुन २९ गते उनी राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन पुगेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उचो पार्ने गरी काम गर्ने उल्लेख गरे ।

संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरले प्रधान्त्रीमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र माननीय उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताए ।

ईतिहासमा यस्तो अवसर विरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुवै भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?