ललितपुर घटना : हत्यामा संलग्न ४ जना सार्वजनिक, एक जना अझै फरार

लोकपथ
1.2k
Shares

काठमाडौं । होलीको दिन ललितपुरमा २ जनाको हत्या हुने गरी भएको सामूहिक झडपको घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार ललितपुरको ढोलाहिटीमा होलीको क्रममा मदिरा सेवन गरी युवाहरुबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय ललितपुरले घटनाका ४ आरोपीलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक हुनेहरुमा खाजाघर सञ्चालन गर्दै आएका खोटाङका विजय राई र खोटाङकै सुलभ राई रहेका छन् । त्यस्तै भोजपुरका विशाल हाङ मुुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । त्यस्तै घटनामा संलग्न रहेका अर्का व्यक्ति भने फरार रहेका छन् ।

फरार रहेकासहित ५ जनाविरुद्ध कर्तव्यज्यान कसुरमा अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले अन्य ८ जनालाई समेत पक्राउ गरेको छ ।

होलीका दिन राती युवाहरुको समूह ललितपुरको ढोलाहिटीको डी पोपिन खाजाघरमा पुगेका थिए । सो क्रममा युवाहरुको समूहबीच झडप हुँदा चक्कु प्रहारबाट २ जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?