जलेर गम्भीर घाइते

संखुवासभा, १२ कात्तिक-  चैनपुर नगरपालिका–६ चैनपुरबजारमा सहाराबिना बसिरहेकी ललिता श्रेष्ठ चुलोमा खाना पकाउने क्रममा आज बिहान शरीर जलेर सख्त घाइते भएकी छन् अन्दाजी ८५ वर्षीया श्रेष्ठलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा प्राथमिक उपचार भए पनि उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरले जनाएको छ घरमा तरकारी पकाइरहेको अवस्थामा आगो अचानक शरीरमा सल्कँदा शरीरका सबै भाग जलेर उनी सख्त घाइते भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?