दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

लोकपथ
2.2k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ ।

सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकललाई सम्बन्धन दिन आदेश दिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रकिया पुगेको भए उक्त मेडिकललाई सम्बन्धन दिन आदेश दिएको हो ।

सबै प्रक्रिया र भौतिक संरचना पुग्दा पनि सरकारले सम्बन्धन नदिएको भन्दै सरकारविरुद्ध रुष्ट रहेका प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्या शिक्षा आयोग लगायत निकायलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?