भाजपाबाट टिकट पाएपछि कंगनाले भनिन्– ‘मातृभूमिको सेवा गर्न पाउनु मेरो सौभाग्य हो’

लोकपथ
91
Shares

काठमाडौं । बलिउडकी ‘क्वीन’ कंगना रनौत फेरि एकपटक चर्चामा आएकी छिन् । कंगनाको जन्मदिनको अवसरमा उनले भाजपाबाट निकै सुन्दर उपहार पाएको बताएकी छिन् । कंगना हिमाचल प्रदेशको मण्डी लोकसभा सिटबाट चुनाव लड्दै छिन् । भाजपाले उनलाई २०२४ को लोकसभा चुनावमा आफ्नो उम्मेदवार बनाएको छ ।

कंगना रनौतले बलिउडमा धेरै हिट फिल्म दिएकी छिन् । फिल्मपछि उनी अहिले पूर्ण जोशका साथ राजनीतिमा प्रवेश गरिरहेकी छिन् । टिकट पाएपछि कंगनाले पहिलो पटक मिडियासँग कुरा गर्दै भनिन्, ‘सबैभन्दा पहिले म मेरो पार्टी भाजपालाई धन्यवाद दिन चाहन्छु पार्टीलेममाथि देखाएको विश्वास र मेरो जन्मभूमिको सेवा गर्ने मौका दिनुभएकोमा म भाजपा अध्यक्ष जेपी नड्डा जी प्रति हार्दिक आभार व्यक्त गर्दछु। आज मेरो र मेरो परिवारको लागि धेरै विशेष दिन हो।’

‘हिमाचल प्रदेश मेरो घर हो। म मेरो जनताको लागि काम गर्न चाहन्छु। हाम्रो पार्टी सबैलाई साथमा समेटेर लैजानेमा विश्वास गर्छ र म पनि विश्वास गर्छु , मिलेर काम गरेर मात्रै देश र पार्टीको विकास हुन्छ । राष्ट्रिय हितका लागि पार्टीसँग मिलेर काम गर्न चाहन्छु’ कंगनाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?