नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

लोकपथ
312
Shares

काठमाडौं ।  पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

टियू क्रिकेट मैदानमा एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रनकोे योगदान दिए । त्यस्तै, सन्दीप जोराले  ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीलेसर्वाधिक ४६ रन बनाए । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुर्ई÷दुई तथा  करण केसी र कुशल मल्लले एक÷एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?