बिर्तामोडमा १२ घण्टाका लागि रातीदेखि कर्फ्यु हट्यो, यस्तो छ प्रशासनको अर्को तयारी

 झापा, १२ कात्तिक – बिर्तामोडमा जारी कफ्र्यु आज राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ इलाका प्रहरी कार्यालय अनारमनीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिए । प्रजिअ तिवारीले भने , “भोलि अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिनेछ ।”शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि यहाँ कफ्र्यु लगाइएको थियो । पश्चिम चारपाने चोक, पूर्व बसपार्क, उत्तर महानन्द चोक र दक्षिण बिर्ताबजारलाई चार किल्ला कायम गरी प्रशासनले कफ्र्यु लगाएको थियो त्यस्तै, सोही पत्रकार सम्मेलनमा झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?