नवौं संस्करणको कान्तिपुर हाफ म्याराथन : अनिश र विश्वरुपालाई उपाधि


प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ०४:३१

काठमाडौं । नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश थापामगर र विश्वरुपा बुढाले हात परेका छन् । 

पुरुषतर्फ अनिश र महिलातर्फ विश्वरुपा उपाधि हात पारेका हुन् ।

यसैगरी पुरुषतर्फ दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो भएका छन् भने महिलातर्फ दोस्रो सन्तोषी श्रेष्ठ भइन् ।

यस्तैकान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करिव ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २०.०८ सेकेन्डमा निर्धाति दूरी पुरा गरे ।

ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि पाउन सफल भए । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए।

हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाएका छन्। त्यसबाहेक महिला र पुरुष दुवै विधाका विजेतालाई हिरोको डुएट स्कुटर पाएका छन्।

कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज उपलब्ध गराइएको छ। त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ। ह्विलचियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाए।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट शुरु भएको ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट शुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगियो। सेन्ट्रल बिजेनस पार्कबाटै सुरु भएको ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगियो।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको ‘कान्तिपुर हाफ म्याराथन’ को मुख्य प्रायोजक सिटिजन्स बैंक रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स, हिरो मोटरसाइकल, सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले इन एसोशिएसनको रुपमा रहेका छन्।
 

Tags :
प्रतिक्रिया दिनुहोस
च्याम्पियन्स लिग फुटबल : आयाक्सको सहज जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा डच क्लब आयाक्सले

नापोलीसंग २ गोल खाँदा लिभरपुल स्तब्ध

एजेन्सी । लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै नापोलीसंग २ गोल खाँदा स्तब्ध बनेको

डर्टमण्डसंग बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब

बर्षाका कारण स्थगित भलिबल प्रतियोगिताको फाईनल खेल आज

काठमाडौं । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला