वन तथा वातावरण राज्यमन्त्रीमा दीपक कार्की नियुक्त, शपथको तयारी

लोकपथ
329
Shares

काठमाडौं । जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी रहेको छ ।

कार्कीको शपथ केही बेरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा हुँदैछ ।

कार्की धनुषा १ बाट निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?