नेपाललाई आयरल्याण्ड ‘ए’ ले दियो १२२ रनको लक्ष्य

लोकपथ
312
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्ड ‘ए’ ले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रन बनाएर अल आउट भएको हो ।

खेलमा आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

यस्तै नेपाली क्रिकेट टिमका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २र२ विकेट लिए । करण केसी र कुशल मल्लले १र१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?