‘अनिच्च’मा विश्वका ८ कलाकारको सामूहिक कला प्रदर्शनी

लोकपथ
39
Shares

काठमाडौं । विश्वका ८ कलाकारको सामूहिक कला प्रदर्शनी ‘अनिच्च’ बौद्धस्थित लिच्छवी हाउसमा आइतबारदेखि सुरु भएको छ ।

चैत १७ गतेसम्म हुने प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारको कलाभावलाई दर्शकले हेर्न पाउनेछन् ।

बौद्ध दर्शनमा ‘अनिच्च’को अर्थ अस्थायी जीवनको हिस्सा हो । कलाकारहरुले त्यही भावमा रहेर कला कोरेका छन् ।

क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा स्थानीय र अन्तर्राष्ट्रिय कलाकारको जमघट छ ।

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र समावेश छन् । प्रदर्शनीको शुभारम्भ फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरु खिन्से नोर्बुले शुभारम्भ गरेका थिए ।

क्युरेटर क्रोले प्रियजनको मृत्यु, ऋतुहरुमा परिवर्तन, छिनछिनमै बदलिइरहने आफ्नै मनस्थिती, विश्वव्यापी जलवायु परिवर्तन आदि अनिच्चका बलिया रहेको बताइन् ।

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित भएको बताइन् ।

प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहका कला प्रदर्शित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?