फोटोबाट क्रान्तिको सुरुवात हुन्छ : उपसभामुख

लोकपथ
0
Shares


काठमाडौं । चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरु प्रदर्शनी गरेका छन् ।
सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो । प्रदर्शनीमा ४० वटा फोटोहरु राखिएको थियो ।

उक्त प्रदर्शनीमा उपसभामुख इन्दिरा राना मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने भन्दै यस्तो प्रकारको प्रदर्शनीले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न सहयोग गर्ने बताईन् ।

उनले भनिन्, ‘फोटो आफैं बोल्छ भने जस्तै फोटोहरुको माध्यमबाट पनि धेरै परिवर्तनहरु गर्न सकिन्छ । क्रान्ति गर्न सकिन्छ । यस्तो प्रकारको कामले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न पनि सहयोग गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?