आजको मौसम, वर्षासहित हिमपातको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा मौसम सफा रहने छ ।

यस्तै, दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थान मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने कोशी र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?