ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ–ठगी मुद्दामा फरार उदयपुरको हडिया घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ जिल्ला अदालतको २०६९ साल कात्तिक २७ को फैसलाले रु २० लाख ९५ हजार जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरीबाट पक्राउ गरेको हो ।  

    विसं २०६६ देखि काठमाडौँको वनस्थलीस्थित आधुनिक बहुउद्देश्यीय सहकारी संस्थामा लेखा प्रमुखका रुपमा कार्यरत रहेका चौधरीले आर्थिक वर्ष २०६७÷६८ मा पटक÷पटक गरी संस्थामा जम्मा हुन आएको उक्त रकम बैंकमा जम्मा गरेको भनी संस्थाको विवरण लगायतका कागजात नक्कली बनाइ रकम ठगी गरेका थिए ।

    पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि आजै कारागार कार्यालय झुम्का पठाएको ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?