पहिलो टेस्टमा श्रीलंकाले दियो विशाल लक्ष्य

लोकपथ
247
Shares


काठमाडौं । बंगलादेशलाई पहिलो टेस्ट क्रिकेटमा श्रीलंकाले ५११ रनको लक्ष्य दिएको छ । पहिलो पारिमा २०८ रन बनाएको श्रीलंकाले दोस्रो पारिमा ४१८ रन बनाएर अल आउट भयो । बंगलादेशले भने पहिलो पारिमा जम्मा १८८ रन बनाएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारिमा २८० रन बनाएको थियो ।

श्रीलंकाका कप्तान धनञ्जय डी सिल्भा र कामेन्दु मेन्डिसले शतकीय पारि खेल्दै टिमको स्कोर २८० रन पुगाउन महत्वपूर्ण योगदान गरेका थिए ।पहिलो पारिमा अन्य श्रीलंकन ब्याटर चल्न सकेनन् । बंगलादेशका खलिद अहमद र नहिद रानाले तीन तीन विकेट लिएका थिए ।

बंगलादेशको पहिलो पारि उल्लेख्य भएन । पहिलो पारिमा तेजुल इस्लामलले सर्वाीधक ४७ रन बनाउँदा लिटन दासले दोस्रो धेरै रनको हिसावले २५ रन बनाए । यसैगरी खलिद अहमदले २२ रन बनाएका थिए ।श्रीलंकाका विश्व फर्नान्डोले चार विकेट लिँदा कसुन रञ्जिता र लहेरु कुमाराले तीन तीन विकेट हात पारेका थिए ।

पहिलो पारिमा श्रीलंकाले ९२ रनको अग्रता लिएको थियो । त्यसपछि दोस्रो पारि ब्याटिङ गरेको श्रीलंकन टोलीले ४१८ रन बनायो । श्रीलंकाका कप्तान धनञ्जय डी सिल्भा र कामेन्दु मेन्डिसले नै दोस्रो पारिमा पनि शतकीय योगदान गरे । सिल्भा र मेन्डिस सन् २०१४ पछि एकै टेस्टको लगातार दुई पारिमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

सन् २०१४ मा भारतीय क्रिकेटर विराट कोहलीले पहिलो र दोस्रो पारिमा शतक प्रहार गरेका थिए । यसैगरी दिमुथ करुणारत्नेले अर्धशतक बनाए ।कामेन्दूले १६४ रनको पारि खेल्दा सिल्भाले १०८ रन जोडे । यस्तै, करुणारत्नेले ५२ रन जोडेका थिए ।

बंगलादेशका मेहदी हसनले ४ विकेट लिँदा नहिद राना र तेजुल इस्लामले दोस्रो पारिमा दुई दुई विकेट लिए ।
पहिलो पारिमा ९२ रनको अग्रता बनाएको श्रीलंकाले दोस्रो पारिमा ४१८ रन बनाएपछि बंगलादेशलाई ५११ रनको लक्ष्य दिएको छ । आज तेस्रो दिनको खेल चलिरहेको छ । श्रीलंकन टोली एक दिवसीय, टी २० र टेस्ट खेल्न बंगलादेश गएको हो । टी २० सिरिज बंगलादेशले जित्दा एक दिवसीय सिरिज श्रीलंकाले जितेको थियो । टेस्ट सिरिज भने २ खेलको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?