प्रदेश ५ को प्रदेशसभामा निती तथा कार्यक्रम प्रस्तुत

कपिल अधिकारी / बुटवल । प्रदेश ५ को प्रदेशसभामा प्रदेश सरकारको निती तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश ५ सरकारको निती तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेशसभाको बैठकलाई आज (शुक्रवार) सम्बोधन गर्दै प्रदेश प्रमुख झाले आन्तरिक श्रोत परिचालन गरि प्रदेश नम्बर ५ ले गार्हस्थ उत्पादनमा सबै प्रदेशमा अग्रस्थानमा गरेको दाबी गरे । उनले प्रदेश सरकार सञ्चालनमा आवश्यक जनशक्तिको अभावकाबीच सफलता पूर्ण कानून निर्माणदेखि राजश्व संकलन गर्न सकेको उल्लेख गर्दै अहिले पनि प्रदेशमा १ तिहाई जनशक्ति मात्र पूर्तिभएको बताए ।

वश्यक जनशक्ति पूरा गर्न प्रदेश लोकसभा विधेयक पास भईसकेको र त्यसले काम थालेपछि खाली जनशक्तीले पूर्णता पाउने प्रमुख झाको विश्वास छ ।

चालु आर्थिक वर्षलाई प्रदेश सरकारले योजना वर्षकारुपमा लिएको बताउँदै उनले स्वर्गद्वारीमा केबलकार, बुटवल भैरहवा लुम्बिनीमा मानोरेलको लगानी जुटाउने काम भई रहेको जानकारी दिए । 
प्रदेश सरकारको निती तथा कार्यक्रममा हरेक पालिकामा खेलमैदान राखिने, कृषिलाई ब्यवसायीकरण गर्न युवा अभियान थालिने, निजी तथा सहकारी क्षेत्रलाई प्राङ्गारिक कृषि कार्यक्रम गर्न सहयोग गरिने, लसुन, प्याज र मसुरो जस्ता नगदेबालीमा सरकारले निजी क्षेत्रसँगको सहकार्य गर्दै लगानी गरिने उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख झाले सरकारले साना तथा घरेलु उद्योग स्थापना गर्न युवाहरुलाई प्रोत्साहन गरिने बताउन्दै वनजन्य कच्चा पदार्थमा आधारीत उद्योग स्थापना गरिने बताए । बाँकेमा मानसरोबरको आकृतिको पार्क निर्माण गरिने, भैरहवा बुटवल र कोहलपुर नेपालगञ्जलाई महानगरका रुपमा विकास गरिने निती तथा कार्यक्रममा लक्ष लिईएको छ । 

प्रादेशीक अस्पतालमा भ्यान्टीलेटर सहित एम्बुलेन्सको ब्यवस्था, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स, मुक्तकमैया र कमलरिको पुनस्र्थानामा संघीय निकायसँग सहकार्य गरिने कार्यक्रममा लेखिएको छ ।

निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख झाले बढीमा १० वटा प्रदेश गौरबका आयोजना छनौट गरि कार्यान्वयन गरिने, एकिकृत श्रमीक आपूर्ति ब्यवस्था लागू गरिने तथा प्रदेश परियोजना बैंकको स्थापना गरि प्रदेशको समृद्दीमा लगानी गरिने बताए । संघीय सरकारले आलटाल गरेका कारण प्रदेश प्रहरी गठनमा भएको ढिलाईलाई चिर्दै प्रदेश सरकारले आगामी वर्षमा प्रदेश प्रहरी गठन सम्बन्धी कानून बनाउने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सभामा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको निती तथा कार्यक्रम प्रदेशसभामा टेबल गरेका थिए । 

निती तथा कार्यक्रमका विषयमा प्रदेश ५ प्रदेश सभा सदस्यहरुले मिश्रीत प्रतिक्रीया ब्यक्त गरेका छन् । उनीहरुले महत्वकांक्षि कार्यक्रम ल्याईएको भन्दै अघिल्लो वर्षको तुलनामा खासै फरक निती आउन नसकेको टिप्पणी गरेकाछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?