होलीको दिन सुरक्षा व्यवस्थापनमा कडाई गर्दै प्रहरी (तस्बिरहरु)

लोकपथ
39
Shares

काठमाडौं । होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

काठमाडौंमा बसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् । यद्यपि बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको श्रेष्ठले बताए । आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ ।

होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभावी रङ नछ्याप्न प्रहरीको आग्रह छ । सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ । तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?