३ आश्विन २०७८, आईतवार

९ जनाको सामूहिकरुपमा अन्त्येष्टि

२०७४,कार्तिक,१२,आईतवार १५:२०


 सप्तरी, १२ कात्तिक – धादिङको गजुरीस्थित त्रिशूली नदीमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुको आज साँझ सामूहिकरुपमा अन्त्येष्टि गरिएको छ दुर्घटनामा मृत्यु भएका सप्तरीका २४ जनामध्ये नौजनाको सप्तकोशीस्थित कोशी ब्यारेजमा सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ अन्य १५ जनाको राजविराज, देउरी भरुवा, मानराजा, बोदे वरसाइन, शम्भुनाथ, कृष्णाशवरण गाउँपालिकालगायत मृतकको आ–आफ्नै गाउँमा अन्त्यसष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएका दुईजना अझै बेपत्ता छन् । राजविराजबाट काठमाडौँ गइरहेको ना६ख १४६७ नंको यात्रुबाहक बस शनिबार बिहान त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो  यस्तै, ज्यान गुमाएकाको स्मरण गर्दै राजविराजमा मैनबत्ती प्रज्वलन गर्दै आज साँझ श्रद्वाञ्जलि व्यक्त गरिएको छ । सप्तरी युथ नेपालको अगुवाइमा स्थानीय गजेन्द्र चोक र दर्शन चोकमा मैनबत्ती प्रज्वलन गरी मौनधारण गरिएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १५:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार