पाठ्यपुस्तकले जापान–कोरियाबीच तनाव

लोकपथ
78
Shares

काठमाडौं । युध्दको समयमा भएको थिचोमिचोलाई आफ्नो पक्षपोषण हुनेगरी पाठ्यपुस्तकमा समावेश गरेको बिषयले पुराना प्रतिद्वन्दी जापान र दक्षिण कोरियाबीच फेरि तनाव उत्पन्न भएको छ ।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले सियोलस्थित जापानी राजदूतलाई बोलाएर जापानले युद्धकालको अत्याचारको प्रसंगलाई आफू अनुकूल अर्थ लाएको र दक्षिण कोरियाको पूर्वी भागको डोक्डो टापुहरूमाथि आफ्नो क्षेत्रीय दाबीलाई सुदृढ पार्नेगरी विद्यालयको पाठ्यपुस्तकहरूमा समावेश गरेको कुरा प्रति विरोध जनाएको समाचार एजेन्सी योन्यापले जनाएको छ ।

उप विदेश मन्त्री किम होङ–क्युनले दक्षिण कोरियाका लागि जापानी राजदूत कोइची आइबोशीलाई बोलाएर विरोध जनाउँदै यस विषयमा कडा शब्दमा खेद प्रकट गरेको समाचारमा जनाईएको छ ।

जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले आगामी वर्ष २०२५ देखि माध्यमिक विद्यालयहरूका पाठ्यपुस्तकहरु भूगोल, नागरिकशास्त्र र इतिहासमा समावेश हुनेगरी १८ पाठ्यपुस्तकहरू स्वीकृत गरेको छ ।

मन्त्रालयका प्रवक्ता लिम सु–सुकले एक टिप्पणीमा भने, ‘डोकडोको बारेमा अन्यायपूर्ण दावीको आधारमा जापान सरकारले माध्यमिक विद्यालयको पाठ्यपुस्तकहरू अनुमोदन गरेकोमा सरकार गहिरो खेद प्रकट गर्दछ।’

लिमले ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानुनले डोक्डो दक्षिण कोरियाको आफ्नै भूभाग भएकोमा जोड दिँदै डोक्डोबारे जापानको कुनै पनि सार्वभौमसत्ताको दाबी स्वीकार गर्न नसकिने बताए ।

लिमले जापानी सेनाले यौन दासत्व र जबरजस्ती श्रमको वर्णनमा ‘जबरदस्ती प्रकृतिलाई प्रकट गर्दैन’ भनेर कडा खेद पनि व्यक्त गरे, टोकियोलाई माफी र पश्चात्तापको भावनामा आधारित इतिहास शिक्षालाई व्यवहारमा ल्याउन आग्रह गरे ।

अर्को एक पाठ्यपुस्तकले कोरिया, चीन र फिलिपिन्सका यौन दासत्व पीडितहरूलाई सैन्य वेश्यालयमा जापानी सैनिकहरूको सेवा गर्न बाध्य पारिएको भागमा ‘सैन्य कम्फर्ट वुमन’ भन्ने वाक्यांश हटाएको थियो । सन् २०२१ मा जापानी सरकारले प्रकाशकहरूलाई ‘सैन्य कम्फर्ट वुमन’ को सट्टा ‘कम्फर्ट वुमन’ प्रयोग गर्न सल्लाह दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?