अरविन्द केजरीवाल : भ्रष्टाचार विरोधले उठायो,  रक्सीले डुबायो

लोकपथ
1k
Shares

काठमाडौं । ‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ ।

भ्रष्टाचार विरुध्द चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका थिए केजरीवाल ।

उनै केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’ को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा बढी घुस लिएर गोवा विधानसभाको चुनावी अभियानमा खर्च गरेको जस्ता गम्भीर आरोपमा मुछिएका छन् ।  यो प्रकरण दिल्लीमा नीजि क्षेत्रलाई मदिरा विक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ ।

लोकप्रियताको शिखर पुगेका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा जेलको सिँडीमा पुगेपछि उनका समर्थक चकित परेका छन् । केजरीवाललाई बिहीबार राती पक्राउ गरेर दिल्ली अदालतको अनुमतिमा मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ ।

केजरीवाल संयोजक रहेको आम आदमी पार्टीले दिल्ली, हरियाणा र गुजरातमा लोक सभा चुनावका लागि विपक्षी पार्टी कांग्रेससँग गठबन्धन गरेर चुनावी राजनीतिमा प्रवेश गरिरहेका बेला उनी प्रक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । सत्तारुढ भारतीय  जनता पार्टीले निर्वाचनलाई लक्ष गरेर केजरीवाललाई विवादमा पारेको भनेर एकतर्फ आलोचना पनि भैरहेको छ ।

पार्टीका राष्ट्रिय संयोजकको गिरफ्तारीले पार्टीको चुनावमा गम्भीर असर पार्न सक्ने प्रक्षेपण पनि भइरहेको छ । किनभने उनी लोकसभा चुनावको लागि योजना र रणनीतिको केन्द्रमा थिए ।

दशक अगाडिको उदय

भारतमा भ्रटाचार विरोधी आन्दोलनबाट उदाएका केजरीवाल तीन पटकसम्म दिल्लीका मुख्यमन्त्री बनिसकेका छन् । करिब १२ वर्षअघि भारतीय जनताले भ्रष्टाचार अधियानकै कारण पत्याएका उनी भातीय राजनीतिको उत्कर्षमा पुग्न धेरै समय लगाएनन् ।

सन् २०११ को भ्रष्टाचार विरोधी आन्दोलनबाट उभरिएका केजरीवालले  निकटतम मित्रहरूको सहयोगमा सन् २०१२ अक्टोवर ६ मा गान्धी जयन्तीको अवसर पारेर स्थापना आमआदमी पार्टी नामक पार्टीको स्थापना गरे ।

केजरीवालले एकल हातले दिल्ली र पञ्जाबमा मात्र नभई सुदूर गुजरात र गोवामा पनि आफ्नो पदचिन्ह राख्दै भाजपा र कांग्रेसलाई पछ्याउँदै देशको तेस्रो ठूलो राष्ट्रिय पार्टीको रूपमा आपको उदयको नेतृत्व गरे ।

तर त्यो बेला आम आदमी पार्टी–कांग्रेसको सरकार ४९ दिन मात्र टिक्न पायो । किनभने केजरीवालले दिल्ली विधानसभामा जन लोकपाल विधेयक पारित गर्न नसकेपछि राजीनामा दिएका थिए ।

त्यस्तै, सन् २०१५ को विधानसभा चुनावको दौडमा, उनले २०१३ मा ४९ दिनको कार्यकालमा आफ्नो कार्यका लागि लगातार माफी मागेका थिए र फेरि राजीनामा नगर्ने वाचा गरेका थिए ।

दिल्लीमा आफ्नो पहिलो चुनावमा पार्टीको चुनावी लाभबाट उत्साहित केजरीवालले वाराणसीबाट २०१४ मा लोकसभा चुनावमा भाजपाका नरेन्द्र मोदीसँग सामना  गरे । तर हार चाख्न पुगे ।

आफ्नो ’भ्रष्टाचार विरुद्धको भारत’ नामक अभियानका क्रममा भारतमा सक्रिय राजनीति गरिरहेका नेताहरुलाई केजरीवालले स्वास्थ्य, शिक्षा, पानी र बिजुली आपूर्ति जस्ता मुद्दाहरूलाई आफ्नो राजनीति र शासनको मूलको रूपमा राख्न सफल भए । अहिले उनको पार्टीले राम्रै लय समाइरहेको छ । यद्धपी उनी भनेर गम्भिर आरोपको सामना गरिरहेका छन् ।

के अब जेलबाटै राजकाज ?

केजरिवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ । जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन् । आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन् । यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ । राज्य सरकारका कैयौँ काममा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । मन्त्रिपरिषद् बैठकबाहेक अन्य कैयौँ समितिको अध्यक्षता पनि मुख्यमन्त्रीले गर्नुपर्ने भएकाले जेलबाट सरकार चलाउन भने असम्भवप्रायः छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?