पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

लोकपथ
175
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमललाई साथै लिएर आफैं राहदानी विभाग त्रिपुरेश्वर गएका थिए पूर्व राजा शाह ।

‘उहाँ राहदानी नवीकरण गर्न आफैं आउने  भनेर खबर पायौं तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौं, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए ।

निर्मल निवास सूत्रका अनुसार, गत सोमबार पूर्व राजा रानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गरेका थिए । सचिवालयले नै नवीकरणको काम गर्ने सल्लाह दिँदा पूर्व राजाले सर्वसाधारण युवाहरु आफैं लाईनमा बसेर राहदानी सेवा लिईरहेको प्रत्यक्ष हेर्न पनि चाहेकाले आफैं गएर नवीकरण गर्ने जवाफ दिएका थिए ।

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरुले पूर्व राजासँग तस्बिर खिचेका थिए । कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?