काठमाडौं । सरकारले यसअघि गठित भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा गठन भएको भूमि आयोग खारेज गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन् ।
त्यस्तै सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि अध्ययन गर्न ३ सदस्यीय जाँचबुझ आयोग बनाएको छ । उच्च अदालत पाटनका पूर्व न्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षता पूर्व एआइजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य रहने गरी जाँजबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण स्वीकृत गर्नेदेखि विभिन्न १६ निर्णयहरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया