के समाजवादी मोर्चामा सामेल हुँदैछ एमाले ? ओलीको प्रतिक्रिया यस्तो

लोकपथ
189
Shares

काठमाडौं । नेकपा एमाले समाजवादी मोर्चामा सहभागि नहुने भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागि हुने विषयमा टुंगो नलागेको बताए ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलपछि बाहिरिने क्रममा ओलीले पत्रकारहरुले समाजवादी मोर्चामा एमाले सामेल हुने हो भन्दै गरेको प्रश्नमा ‘होइन’ भन्ने जवाफ दिए ।

त्यस्तै प्रधानमन्त्रीसँग के के कुरा भयो भनेर पत्रकारहरुले पुनः सोधेको प्रश्नमा ओलीले ‘राम्रै कुरा भयो’ भन्ने प्रतिक्रिया मात्र दिएका थिए ।

उसो त बिहीबार ओली निवास बालकोटमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एमालेलाई पनि समाजवादी मोर्चामा आउन आग्रह गरेका थिए ।

समाजवादी मोर्चाको अध्यक्ष समेत रहेका विप्लवले सबै कम्युनिष्ट घटकहरुलाई एकताबद्ध गर्ने घोषणा अनुसार आफूले एमालेलाई आग्रह गरेको प्रतिक्रिया दिएका छन् ।

भेटघाटमा ओलीले पार्टीमा बृहत छलफल गरेर मात्रै निर्णय गर्न सकिने बताएका थिए ।

ओलीले सकारात्मक प्रतिक्रिया दिएपछि विप्लवले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।


सोही विषयमा छलफलका लागि प्रधानमन्त्री ओली प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?