काठमाडौं । सप्तरीको सामाजिक विकास इकाइमा कार्यरत सव–इन्जिनियर अजय साफी भनिने अजय रजकविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रजकले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउको तयारी गरेको थियो । सेवाग्राहीसँग भवन निर्माणका लागि खाता फुकुवा गर्ने प्रयोजनका लागि ७० हजार मागेका थिए ।
सेवाग्राहीले १५ हजार नगद र ५५ हजारको चेक हजारको चेक बुझाएपछि अख्तियारको टोली त्यहाँ पुगेको थियो । सो क्रममा पैसा र चेक फालेर भागेका रजकलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध थप अनुसन्धान गरी अख्तियारले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसुर पुष्टि भइ उनीविरुद्ध बिगो दाबीसहित कैदको समेत माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया