एमालेलाई समाजवादी मोर्चामा सामेल गराउन विप्लवको दौडधुप

लोकपथ
611
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमालेलाई पनि समाजवादी मोर्चामा सहभागि गराउन भेटघाटलाई तिव्रता दिएका छन् ।

बिहीबार पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर विप्लवले एमालेलाई पनि समाजवादी मोर्चामा आउन आग्रह गरेका हुन् ।

समाजवादी मोर्चाको अध्यक्ष समेत रहेका विप्लवले सबै कम्युनिष्ट घटकहरुलाई एकताबद्ध गर्ने घोषणा अनुसार आफूले एमालेलाई आग्रह गरिएको प्रतिक्रिया दिएका छन् ।
भेटघाटमा ओलीले पार्टीमा बृहत छलफल गरेर मात्रै निर्णय गर्न सकिने बताएका थिए ।

ओलीले सकारात्मक प्रतिक्रिया दिएपछि विप्लवले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।


बामपन्थी शक्तिहरु एक गराउनका लागि विप्लवले एमालेलाई पनि समाजवादी मोर्चामा ल्याउनेगरी छलफल गर्न प्रचण्ड माधवलाई आग्रह गरेका छन् ।


त्यसो त सोही विषयबारे छलफलका लागि प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगेका छन् । अहिले समसामयीक राजनीतिसहित समाजवादी मोर्चाका विषयमा समेत छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?