स्वास्थ्य अवस्था कमजोर भएपछि महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

लोकपथ
133
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ ।

पूर्व सभामुख समेत रहेका महराको बयान सकिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरेको हो ।


स्वास्थ्यवस्थाका कारण उनलाई हाजिरी जमानीमा छाड्न अनुसन्धान अधिकृतले सरकारी वकिलको कार्यालयसँग सहमति मागेको स्रोतले जानकारी दिएको छ ।


त्यसो त सरकारी वकिलको कार्यालय मार्फत् प्रहरीले महरालाई हिरासतमा राख्न ७ दिनको समय माग गरिएकोमा अदालतले ४ दिन मात्र समय दिएको थियो ।


टीबी, युरिक एसिड, प्रोस्टेट लगायतका समस्याका कारण महरालाई बयानका लागि ल्याउन लैजान नै समस्या भएपछि उनलाई थुनामुक्त गरेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान अनुुसार अनुसन्धान गर्न लागिएको हो ।


भेपभित्र सुन लुकाएर ल्याइ तस्करी गरेको आरोपमा प्रहरीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो । यसअघि नै उनका छोरा राहुल महरालाई सोही प्रकरणमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?