गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

लोकपथ
259
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले गृहमन्त्रीको राजीनामा माग्दै गरेको प्रदर्शन गरेको छ ।

बिहीबार पुतलिसडकस्थित शंकर देव क्याम्पसका स्ववियू सभापति शुसान्त बस्नेतको नेतृत्वमा राँके जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री वर्षमान पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रर्दशनकारीले मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने, सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने विरुद्ध निष्पक्ष छानविन गर्नुपर्ने, सरकारको विभिन्न तहमा रहेका व्यक्तिमाथि लागेका आरोपमा मुछिएका व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै सुन तस्करी प्रकरणमा जोडिएको भन्दै अर्थमन्त्री पुुनको राजीनामा समेत माग गरिएको छ ।

प्रदर्शनका क्रममा नेविसंघ केन्द्रीय सदस्य मनिष जंग थापा, नविन पौडेल, शंकरदेव स्ववियू उपसभापति प्रेम माझी, नेविसंघ शंकरदेव क्याम्पसका इकाइ अध्यक्ष सन्देश खाँण लगायत विद्यार्थी नेताहरु घाइते भएका थिए ।

पछिल्लो समय कांग्रेसले सहकारी गठी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै संसदमा विरोध प्रदर्शन गर्दै आइरहेको छ । भने भातृ संगठनहरुले विरोध गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?