विश्वकप छनोट : चीनले २ गोलको अग्रता जोगाउन सकेन

लोकपथ
2k
Shares

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत समूह ‘सी’का दुवै खेल बराबरीमा टुंगिएका छन् । दक्षिण कोरिया र थाइल्याण्डले एक–एक गोलको बराबरी खेल्दा अर्को खेलमा सिंगापुर र चीनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

थाइल्याण्डविरुद्ध दक्षिण कोरियाले सन ह्युङ मिनले जे सियोङ लीको पासमा ४२ औं मिनेटमा भएको गोलले अग्रता लिएको थियो । तर, थाइल्याण्डले दोस्रो हाफमा बराबरी गरेको थियो । ६१ औं मिनेटमा सुफानत मुएनटाले लुक मिकेलसनको पासमा गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंक लिए ।

यस्तै, अर्को खेलमा सिंगापुर र चीनले २–२ गोलको बराबरी खेले । चीनले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । १० औं मिनेटमा लि वुइले गोल गर्दै चीनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा चीनका उनी लीले व्यक्तिगत दोस्रो गोल गर्दा अग्रता पनि दोब्बर भएको थियो ।

तर, सिंगापुरले आफूलाई दोस्रो हाफको उत्कृष्ट सावित गर्न सफल भयो । ५३ औं मिनेटमा फेरिस रामलीले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । ८१ औं मिनेटमा ज्याकोब मेहलरले गोल गरेपछि सिंगापुरले खेल २–२ को बराबरीमा ल्याएको थियो । त्यसपछि थप गोलव नभएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।

समूह सीमा दक्षिण कोरिया ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यसैगरी थाइल्याण्ड तीन खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा रहँदा समान ४ अंक रहेको चीन तेस्रो स्थानमा छ । सिंगापुर भने एक अंकका साथ तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?