विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित

लोकपथ
14
Shares

काठडमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ ।

शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो ।

बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान १÷१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको बहराइले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो। यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो। बहराइनको भने दोस्रो जित हो ।

सुरुवाती दोस्रो मिनेटमै गोल ब्यहोरेको नेपालले ८ मिनेटमा पुन अर्को गोल ब्यहोरेको थियो । यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ।

यूएईले ३ खेलबाट ९ अंक जोडेको छ। जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। बहराइनले यसअघि यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो। समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?