तीन वटा संसदीय समितिको बैठक बस्दै

लोकपथ
39
Shares


काठमाडौं । शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका प्रमुख सचेतकहरू विदेश भ्रमणमा उडेपछि शुक्रबारदेखि अब एक सातासम्म प्रतिनिधिसभा बैठक छैन ।

शुक्रबार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?