प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग

हेटौंडा । प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गरिएको छ । 

बिहीवार प्रदेशसभा सचिवालयमा प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रस्ताव दर्ता भएको हो । 

सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने बताए । 

उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुर्नसंरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनः पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने भनाइ छ ।

प्रदेश सचिवालयमा दर्ता गरिएको प्रस्तावमा प्रदेश ३ को मुख्य काहुल्य एवं ऐतिहासिक समुदायहरु नेवार र तामाङ समुदायलषयतले नाम ‘नेवाः ताम्सालिङ’नै राख्न लामो समयदेखि माग तथा संघर्ष गरिरहेको बताइएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?