उद्योगहरु चलायमान र नाफामुलक बनाउन कार्ययोजना बनाइने

लोकपथ
0
Shares

काठमाडौं । देशमा सञ्चालित उद्योगहरुलाई नाफामुलक बनाउन उद्योग समितिले कार्ययोजना बनाउने भएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठमा समिति सभापति अब्दुल खानले उद्योगहरुलाई चलायमान बनाई नाफामुलक बनाउन कार्ययोजना बनाउन आवश्यक रहेको र सो प्रक्रिया अगाडि बढाउने बताए ।

त्यस्तै, समितिको बैठकमा अद्योगमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगको वर्तमान अवस्था एकदमै निराशा जनक रहेको बताएका छन् ।समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री भण्डारीले नेपालका उद्योगहरु साधारण सभा गर्नसक्ने स्थितिमा समेत नरहेको उल्लेख गर्दै यसको सुधार नै सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपालको उद्योग क्षेत्रको वर्तमान अवस्था एकदमै निरनशा जनक रहेको छ । कुनै कुनै उद्योगहरु साधारण सभा पनि गर्न नसक्ने स्थितिमा छन् । यसको सुधार नै सरकारको प्राथमिकता हो । उद्योग क्षेत्रलाई चलायमान बनाउने कुरामा समितिले गरेको निर्देशनको कार्यान्वयन गर्न मन्त्रालयमा छलफल गरेर निर्णय गर्छौं ।’

नेपालको वर्तमान उद्योगको स्थिति र चलायमान बनाउनुपर्ने माग गर्दै समितिमा बोलाइएका मन्त्री भण्डारीलाई सांसदहरुले सुझाव र प्रश्न सोधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?