भन्सार चुहावटको आँकडामा सुधार ल्याउने अर्थमन्त्रीको दाबी

लोकपथ
21
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अबको अर्को महिनादेखि भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी गरेका छन् ।
बिहीबार अर्थ समितिको बैठकमा सांसदहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर कार्ययोजना बनाएको उल्लेख गर्दै बैशाख महिनादेखि नै भन्सार चुहावटको आँकडामा सुधार हुने दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर एउटा कार्ययोजना बनाएका छौं । आउँदो महिनादेखि नै भन्सार चुहावटको आँकडामै सुधार ल्याउँछौं । जहाँसम्म नीतिगत रुपमा सुधार ल्याउने विषयमा सदस्यहरुले दिएका सुझावलाई मार्गदर्शनकै रुपमा लिएका छौं ।’

निवर्तमान अर्थमन्त्रीले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रिबजेटको सन्दर्भमा प्रर्याप्त छलफल गरेर परिमार्जित गरिने पुनको भनाइ थियो ।अर्थमन्त्री पुनले मुलुक संघीयतामा गैसकेपछि तीनवटै तहका सरकारका लागि कार्यक्षेत्र छुट्याएको स्मरण गर्दै सोहि अनुसार कामकारबाही अगाडि बढ्ने बताए ।

उनले भने, ‘मुलुक संघीयतामा गइसकेपछि ठुला योजनाहर संघ सरकारले, मझौला योजनाहरु प्रदेशले र सेवा प्रवाहसँग सम्बन्धीत योजनाहरु स्थानीय तहले गर्नेगरि खाका तयार गरेका छौं । यसरी छुट्याइएको कार्यक्षेत्रमा टेकेर काम गर्छौं । ’
समितिबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै समितिबाट आएको निर्देशन कार्यन्वयनका लागि अर्थमन्त्री पुनले प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?