योजना आयोगमा चार सदस्य नियुक्त

लोकपथ
112
Shares

काठमाडौं । सरकारले योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ ।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्ले योजना आयोगमा चार सदस्य नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यीय पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?