सुनको मूल्यमा नयाँ रेकड कायम, एकैदिन २६ सयले बढ्यो

लोकपथ
962
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।छापावाला सुन बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?