‘मैले बाबुको घाँटी रेटेर हत्या गरेँ’

रुकुम पूर्व । रुकुम पूर्वमा बाबुको हत्या गरि एक जना युवक प्रहरी चौकी पुगेका छन् । 

भूमे गाउँपालिका ७ गुनामका २० वर्षीय विरज विकले ४१ वर्षीय बाबु रमन विकको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा पुगेका हुन् । 

विरज बिहीवार बिहान ६ बजे महतस्थित प्रहरी चौकी पुगेका थिए । 

बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

‘मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुट्टिन सकेको छैन ।’ उनले प्रहरी समक्ष भनेका छन् । 

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले भने ।

घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?